जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रामायणमा अमिताभ राजा दशरथको भूमिकामा देखिने

काठमाडौं – दंगल र छिछोरे जस्ता सफल फिल्म निर्देशन गरेका निर्देशक नितेश तिवारीको अर्को फिल्म ‘रामायण’ कास्टका कारण चर्चामा रहन्छ ।

यतिबेला फिल्मको कास्ट चर्चामा भइरहेको बेला यस फिल्ममा बलिउड अभिनेता अमिताभ बच्चनले अभिनय गर्ने खबर बाहिरिएको छ ।

अभिनेता रणवीर कपूरको मुख्य भूमिका हुने फिल्म स्टार कास्टको कारण चर्चामा छ। फिल्ममा अमिताभले राजा दशरथ पात्रको भूमिकामा देखिनेछन्। फिल्ममा रणवीरले राम पात्रको भूमिका गर्दैछन्। रामको बाबु बनेर अमिताभले फिल्ममा भूमिका निर्वाह गर्ने लागेका हुन्।

नितेश तिवारीले निर्देशन गर्ने फिल्ममा हालै अभिनेत्री जान्हवी कपूर अनुबन्धित भएकी छन्। फिल्ममा उनी सीताको भूमिकामा देखिनेछिन्।

फिल्ममा हाल प्रि(प्रोडक्सनको काम भइरहेको छ। फिल्मको छायांकन मार्चदेखि सुरू हुँदैछ। फिल्ममा रणवीरसँगै यश, सनी देओल, बबी देओल लगायत कलाकारको अभिनय रहनेछ। यो फिल्मको लागि रणवीर ट्रेनिङ लिइरहेका छन्। ‘एनिमल’ पछि रणवीरले विभिन्न फिल्मको अवसर पाइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?