जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अक्षयलाई भारतको टम क्रुज भन्दै टाइगरले गरे तारिफ

काठमाडौँ – बलिउड अभिनेता अक्षय कुमार र टाइगर श्राफ यतिबेला ठूलो बजेटको फिल्म ‘बडे मियाँ छोटे मियाँ’का कारण चर्चामा छन् । दुवै कलाकार पछिल्लो समय चलचित्रको प्रमोशनमा व्यस्त छन् । हालै लखनउमा फिल्मको प्रमोशनका क्रममा टाइगर श्राफले अक्षयलाई भारतको टम क्रुज भन्दै तारिफ गर्न थालेका थिए ।

हाई ओक्टेन एक्शन ड्रामा फिल्मबाट दुबै कलाकार पहिलो पटक ठूलो पर्दामा सँगै देखिन लागेका हुन् । प्यानल छलफलको क्रममा, टाइगर श्राफले आफ्ना स्टार अक्षय कुमारको शक्तिशाली स्टन्ट र कार्यको लागि प्रशंसा गरेका हुन् । टाइगरले अक्षयको तारिफ गर्दै भनेका छन् कि बलिउडमा यति धेरै वर्षदेखि अक्षय कुमारले आफ्नो स्टन्टको स्तर माथि राखेका छन्, जसरी टम क्रुज हलिउडमा देखिएका छन् ।

यति मात्र होइन टाइगर श्राफले एम १७ मा टम क्रुजले गरेको सास फेर्ने साहसी हवाईजहाज स्टन्टको स्मरण गराउँदै भारतको टम क्रुज अर्थात् अक्षय कुमारले सन् १९९९ देखि अहिलेसम्म यो काम गरिरहेको बताए । अक्षय कुमारको फिल्म ‘खिलाडी ४२०’ को बारेमा कुरा गर्दै टाइगरले भने कि यस फिल्ममा अक्षय कुमार स्टन्ट प्लेनमा चढेर १००० फिटको उचाइबाट हट एयर बेलुनमा हाम फालेका थिए ।

यस्तो स्टन्ट गर्ने बलिउडमा अक्षय कुमार एक्लो हुन सक्छन् । अन्तर्वार्तामा, जब अक्षय कुमारलाई कुनै सुरक्षा प्रोटोकल बिना स्टन्ट पुल अफ गर्ने बारे सोधिएको थियो, अक्षय कुमारले धेरै सरलताका साथ जवाफ दिए । यसपछि जब अक्षयलाई सोधियो कि उनले यो स्टन्ट कसरी गरे ? त्यसको जवाफमा अक्षय कुमारले भने, ‘म अलिकति मानसिक रूपमा विचलित थिएँ ।

फिल्म कहिले रिलिज हुन्छ ?
अक्षय कुमार र टाइगर श्राफको बहुप्रतिक्षित आगामी फिल्म बडे मियाँ छोटे मियाँ चाँडै ठूलो पर्दामा रिलिज हुँदैछ । यो चलचित्रको रिलिज मिति वैशाख ९ राखिएको छ । अली अब्बासले निर्देशन गरेको यो फिल्मको बजेट ३५० करोड भारु रहेको छ । अब यो स्टन्ट र केमेस्ट्रीले भरिपूर्ण फिल्मलाई फ्यानहरुले कति रुचाउछन् त्यो हेर्न बाँकी छ । यस फिल्ममा अक्षय कुमारसँगै टाइगर श्राफ, मानुषी छिल्लर र अलाया एफ र सोनाक्षी सिन्हा मुख्य भूमिकामा देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?