जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रहेनन् फिल्ममार्फत सगरमाथालाई विश्वमाझ चिनाउने डेभिड

काठमाडौँ – फिल्ममार्फत सगरमाथालाई विश्वमाझ चिनाउन योगदान दिएका हलिउड फिल्म निर्माता तथा छायाकार डेभिड ब्रेसियर्सको निधन भएको छ ।

मार्च १४ मा अमेरिकाको म्यासाचुसेट्समा ६८ वर्षीय ब्रेसियर्स घरमा मृत फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबरलाई ब्रेसियर्सको परिवार निकट अमेरिकी पर्वतारोहीहरु एड भिस्टर्स, क्याथी हार्वर्ड र जेड विलियम्सनले पुष्टि गरेका हुन् । उनको परिवारले समेत विज्ञप्तिमार्फत निधनबारे जानकारी दिएको छ । 

ब्रेसयर्सको मृत्युको ठोस कारण भने यकिन नभएको परिवारको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?