जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

शाहरूख र सलमानसँगै फिल्म खेल्न अमिरको इच्छा, राम्रो स्क्रिप्टको खोजी

काठमाडौँ – अमिर खानले हालै आफ्नो ५९ औँ जन्मदिन मनाएका छन् । यस क्रममा उनले इन्स्टाग्राम लाइभ सेसन मार्फत फ्यानहरूसँग अन्तर्क्रिया गरेका थिए ।

सोही क्रममा एक फ्यानले शाहरुख र सलमान खानसँग काम गर्ने विषयमा उनलाई प्रश्न गरेका थिए । जसको जवाफमा अमिरले तीनै जना सँगै फिल्म गर्न तयार रहेको बताए ।

अमिरले भने कि तीनै जनाले यस विषयमा कुरा गरेका छन् । तीनैजनाले फ्यानका लागि सँगै फिल्म बनाउनुपर्छ भन्ने लाग्छ ।

यसबारे अमिरले थप भने, ‘मलाई पनि लाग्छ कि हामी तीनैजनाले फिल्ममा सँगै काम गर्नुपर्छ । म, सलमान र शाहरुखले हाम्रो करियरमा हामी तीनैजनाले पक्कै पनि सँगै फिल्म गर्ने प्रयास गर्नुपर्छ भन्ने कुरा गरेका छौँ । यद्यपि अब के हुन्छ हेरौँ। मलाई आशा छ कि जब हामीले राम्रो कथा पाउँछौँ, हामी पक्कै पनि सँगै देख्नेछौँ।’

उनले अगाडी भने, ‘मलाई लाग्छ हामी तीनैजना एक अर्कासँग काम गर्न निकै उत्सुक छौँ। यो अब धेरै समय भएको छ, तर हामीलाई निश्चित रूपमा यसको लागि सही समय चाहिन्छ।’

अमिर, शाहरुख र सलमान ३० वर्षदेखि फिल्मको हिस्सा बनेका छन् । मुख्य भूमिका होइन तर सबैले एक अर्काको फिल्ममा केमियो गरेका छन् । यसै क्रममा अमिर र सलमानले फिल्म 

‘अन्दाज अपना अपना’ मा सँगै काम गरेका छन् । तर शाहरुख र अमिरले कुनै पनि फिल्ममा सँगै मुख्य भूमिका खेलेका छैनन् । शाहरुखले अमिरको फिल्म लाल सिंह चड्ढामा भने केमियो गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?