जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

राखी सावन्त समस्यामा, समीर वानखडेले दायर गरे मानहानीको मुद्दा

काठमाडौँ – भारतीय अभिनेत्री राखी सावन्तविरूद्ध मानहानिको निवेदन दर्ता भएको छ। सामाजिक सञ्जालमा अभिनेत्री राखी सावन्त प्रायः विवादमा आइरहने गर्छिन् । अहिले फेरि उनी समस्यामा परेकी छिन् ।

मुम्बई एनसीबीका पूर्व जोनल निर्देशक समीर वानखडेले राखी सावन्त विरुद्ध मानहानीको मुद्दा दायर गरेका छन्। राखी बाहेक उनले वकिल काशिफ अली खान विरुद्ध पनि मुद्दा दायर गरेका छन् ।

उनले ११ लाख क्षतिपूर्ति मागेका छन् । मुम्बईको मलाडस्थित डिन्डोशी सिटी सिभिल कोर्टमा यो मुद्दा दायर गरिएको छ। आफ्नो याचिकामा समीर वानखेडेले राखी सावन्त र अली कासिफ खानले उनको छवि बिगार्ने र बदनाम गर्ने प्रयास गरेको उल्लेख गरेका छन्।

मानहानि मुद्दाको बारेमा अली कासिफ खानले भने, ‘कानूनको व्याख्या भनेको जनताको हितका लागि सत्य बोल्दा मानहानि हुँदैन। IPC को धारा ४९९ मा दोस्रो अपवाद ‘सार्वजनिक सेवकहरूको सार्वजनिक आचरण’ हो, अर्थात्, यदि सार्वजनिक कार्यमा सार्वजनिक सेवकको आचरण वा चरित्रको बारेमा राम्रो विश्वासका साथ राय दिइन्छ भने, यो मानहानि होइन।

हाल यो मुद्दा अदालतमा विचाराधीन छ, त्यसैले अली काशिफ खानले भने, ‘यसको उचित जवाफ दिइनेछ। यदि उसले आफ्नो मुद्दा प्रमाणित गर्छ भने म उनलाई ११.०१ लाख रुपैयाँ दिनेछु। यस विषयमा राखीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।

जब शाहरुख खानका छोरा आर्यन खानलाई एनसीबीले ड्रग्स मुद्दामा पक्राउ गरेको थियो, राखी सावन्त उनको समर्थनमा थिइन्। उनले धेरै भिडियो शेयर गर्दै आर्यनलाई निर्दोष घोषणा गरेका थिए । उनले भनेका थिइन्, ‘तिमीहरू सिंह हौ भने सिंहसँग लड । स्याल बनेर बच्चाको शिकार नगर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?