जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

चुनावी प्रचारमा व्यस्त बलिउड अभिनेत्री कंगना रनौत

काठमाडौँ – बलिउड अभिनेत्री कंगना रनौत यतिबेला चुनावी प्रचारमा व्यस्त छिन् । यससँगै नायिका आफ्नो आगामी फिल्म  ‘इमर्जेन्सी’लाई लिएर पनि चर्चामा रहेकी छिन् ।

 राजनीतिमा प्रवेश गरेदेखि नै  लगातार चर्चामा रहेकी उनले हालै नलिई विपक्षीलाई निशाना बनाएकी छिन् । 

मनालीमा चुनावी र्‍यालीमा हिमाचलको मंडी लोकसभा सीटबाट बीजेपी उम्मेदवार र अभिनेत्री कंगना रनौतले कांग्रेस नेता राहुल गान्धी र हिमाचलका पीडब्लूडी मन्त्री विक्रमादित्य सिंहको नाम नलिई कडा आलोचना गरेकी छिन् । 

कंगनाले जेठो पप्पु दिल्लीमा र कान्छो पप्पु हिमाचलमा बसेको बताइन् । कान्छो पप्पुले आफूलाई मासु खान्छिन् भनेको भन्दै आक्रोशित उनले  यसको प्रमाण भए सार्वजनिक गर्न चुनौती समेत दिइन् । 

 हालै विक्रमादित्य सिंहले गाईको मासु खाने कुरालाई लिएर भाजपा र कंगनामाथि कडा हमला गरेका थिए। कंगना ५ दिन पछि मुम्बईबाट फर्किए पछि अभिनेत्रीले मनालीमा यस्तो प्रतिक्रिया दिएकी हुन् ।

 कंगनाले सार्वजनिक रूपमा आफूले यस्ता धेरै राजा र राजाका छोराहरूलाई भेटेको बताइन् । 

‘चलचित्र क्षेत्रमा पनि यस्ता धेरै व्यक्तिहरू भेटिएका छन् । जब मैले फिल्म उद्योगमा केटीहरू प्रयोग गर्ने मानिसहरू विरुद्ध आवाज उठाए, मलाई जेल हाल्ने प्रयास गरियो तर तिनीहरूले मलाई कुनै हानी गर्न सकेनन्। मैले मेरा फिल्मबाट नायकहरूलाई हटाएँ,’ उनले भनिन् । अहिले कंगनाको यो बयानको निकै चर्चा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?