जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म ‘फर्की फर्की’ जापानमा रेड कार्पेटसहित प्रदर्शन

काठमाडौँ– फिल्म ‘फर्की फर्की’ लाई जापानमा रेड कार्पेटसहित प्रदर्शन गरिएको छ। नेपालमा तेस्रो सातामा प्रदर्शनरत आइतबार टोकियोमा रेड कार्पेटसहित प्रदर्शन गरेको हो ।

अभिनेता अनमोल केसी पनि सहभागी भएको प्रदर्शनीमा फिल्म हेर्न जापानबासी नेपालीहरूको उत्साहजनक उपस्थिति रह्यो। बाक्लो भिडमा अनमोलसँग तस्बिर खिचाउनेको कमी थिएन ।

टोकियो सहरस्थित नाकानो जिरो हलमा भएको प्रदर्शन सोचेजस्तै भएको प्रदर्शक सुवास लामिछानेले बताए। अनमोलले नागोया, ओसाका लगायतका सहरमा हुने शोहरूमा समेत सहभागिता जनाउने जनाइएको छ।

शनिबार जापान पुगेका अनमोलले त्यहाँ घुमघाममा समेत समय दिइरहेका छन्।
सुयोग गुरूङको लेखन एवं निर्देशन रहेको ुफर्की फर्कीु मा अनमोलसहित जसिता गुरूङ, रवी काफ्ले, समृद्धि अर्याल लगायतका कलाकारहरू मुख्य भूमिकामा छन्। रोहित अधिकारी र ओमप्रकाश अग्रवाल फिल्मका निर्माता हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?