जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सिरहामा मिटरब्याज पीडित र साहुबीच कुटाकुट, एक जना नियन्त्रणमा

जोयनेपाल
0
Shares
सांकेतिक तस्विर

सिरहा – जिल्ला प्रशासन कार्यालय सिरहामा ऋणी र साहुबीच कुटपिट भएको छ। सिरहा नगरपालिका ९ का सुबोध नारायण गोइतलाई मिटरब्याज ऋण लिएकाहरूको समूहले कुटपिट गरेको हो।

कुटपीटमा संलग्न रहेको आरोपमा प्रहरीले कल्याणपुर नपा ११ घरभई हाल लहान बस्दै आएका अमर यादवलाई नियन्त्रणमा लिएको छ। पीडितहरूको आक्रमणबाट गोइतको टाउको फुटेको प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धी उजुरीमा छलफलका लागि आएका उनीहरूबीच कुटपिट भएको हो। छलफल अगावै गोइतमाथि अमरसहितका समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जानकारी दिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?