जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘द भ्वाइस किड्स’ सिजन ३ को ग्राण्ड फिनाले आज

काठमाडौँ– गायन रियालिटी शोअन्तर्गत ‘द भ्वाइस किड्स’ सिजन ३ को ग्राण्ड फिनाले बेलुका हुँदै छ । शनिबार बेलुका भ्वाइस किड्सको आफ्नै स्टुडिओमा हुने फिनालेसँगै तेस्रो सिजनले नयाँ विजेता प्राप्त गर्नेछ।

फिनालेमा ८ जना फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्। जसमा कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ र लाक्पा डोल्मा शेर्पा, कोच मिलन नेवारबाट समीक्षा दाहाल र रिन्जिन डोल्मा लामा, कोच छेवाङ लामाबाट द्धितिका प्रधान र छेसाङ तामाङ र कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा छन्।

दर्शकले गरेको भोटको आधारमा एक जनाले उपाधी जित्ने छ । शोका निर्देशक लक्ष्मण पौडेलका अनुसार बेलुकासम्मका लागि भोटिङ खुला गरिएको छ। ८ बजेदेखि हिमालय टेलिभिजन र द भ्वाइस अफ नेपालको युट्युबमा शो लाइभ हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?