जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यी हुन् झोल लिपस्टिक लगाउँदा ध्यान दिनुपर्ने कुराहरू

लिपस्टिकको प्रयोग ओठलाई सुन्दर र आकर्षक देखाउनका लागि गर्ने गरिन्छ । यसरी लगाउने बित्तिकै ओठलाई सुन्दर र आकर्षक देखाइदिने लिपस्टिक अनेकै रङ्ग र प्रकारहरूमा उपलब्ध छन् । 

त्यसैमध्ये एक हो झोल लिपस्टिक । सौन्दर्य सामग्रीमा तरल लिपस्टिक अनिवार्य जस्तै भइसकेको छ। तर यो लिपस्टिक लगाउन धैर्य पनि चाहिन्छ। तपाई यदि तरल लिपस्टिक लगाउँदै हुनुहुन्छ भने तलका कुरामा ध्यान दिए सुन्दर देख्न सकिन्छ।

–  तरल लिपस्टिक ५ सेकेन्डमा लगाइहाल्न सकिन्न। यो लगाउन धैर्य अनि ऐना दुवै चाहिन्छ। यो कारमा लगाइहालिन्छ भन्ने चीज होइन। यसले ओठको आकार प्रस्ट देखाउने भएकोले हतारमा लगाउँदा बिग्रने हुन्छ। आउटलाइनर पनि लगाउन पर्ने भएकोले यसलाई लगाउन समय लाग्छ।

–  तरल लिपस्टिकहरु असाध्यै चम्किला हुन्छन्, त्यसैले लिपस्टिक लगाउँदा अनुहारमा मेकअप पनि गर्नुपर्छ। अनुहारको अरु भागमा श्रृंगार र ओठको रङ्गलाई सन्तुलन गर्नुपर्छ। अनुहारमा मेकअप गर्दा फाउनडेसन लगाउन अनि गालामा ब्लस लगाउन जरुरी छ। त्यसपछि मेकअप सामान्य देखिन्छ।

– कुनै कुनै लिपस्टिक एकपल्ट लगाउँदैमा राम्ररी पुग्छ। त्यसैले ओठमा लिपस्टिक लगाउनु अगाडि पहिला लगाएको लिपस्टिक हटाउनुपर्छ नत्र धेरै देखिन्छ। पहिला नै लिपस्टिक लगाएको ठाउँमा तरल लिपस्टिक लगाउँदा अस्वाभाविक देखिन्छ।

– यदि ओठ सुख्खा छ भने ओठमा मोइस्चराइजर लगाउन जरुरी छ। लिपस्टिक लगाउनु अगाडि र निकालेपछि ओठमा चिल्लो पदार्थ ‘लिप बाम’ लगाउनु जरुरी हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?