जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

छालाको सुन्दरताका लागि  दहीबाट बनेको फेसप्याक, कसरी तयार गर्ने ?

दहीले स्वास्थ्यका लागि फाइदा मात्र नभएर छालालाई पनि चमक दिन्छ। दहीबाट बनेको फेसप्याकले चाउरी परेको, दाग तथा रेखाको समस्याबाट छुटकारा पाउन सकिन्छ।

घरमै बनाएको दहीमा सबैभन्दा बढी क्याल्सियम हुन्छ। जसले हड्डी र दाँतलाई बलियो बनाउँछ । यसका साथै जिङ्क, ल्याक्ट्रिक एसिड र भिटामिनले छालालाई स्वस्थ बनाउँछ।दहीबाट बनेको फेसमास्क लगाउनले अनुहारमा चम्किलो र निखार आउँछ। यसले छालालाई नरम पनि बनाउँछ।

दहीले बनेको फेसप्याकले छालालाई चिसो राख्छ र छालालाई नरम पनि बनाउँछ। छालासम्बन्धी समस्यालाई निर्मूल गर्छ। त्यसैले, यसलाई बनाउने तरिका र यसका फाइदाहरू जान्नु आवश्यक छ।

फेसप्याक बनाउने तरिका
अण्डाभित्र भएको सेतो भाग लिनुहोस्, यसमा एक चम्चा चनाको पिठो, एउटा केरा र २ चम्चा दही मिसाई राम्रोसँग घोल्नुहोस्।

यदि, तपाईँको छाला सुख्खा छ भने २ चम्चा दही, १ चम्चा मह, १ चम्चा कागतीको रस राखेर बनाउन सकिन्छ। यसरी बनाएको पेस्ट लाई अनुहारमा लगाउनुहोस् लगाइसकेपछि यसलाई १५ मिनेटसम्म यसै छाडी १५ मिनेटपछि सफा पानीले धुनुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?