जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

विश्वभर यसरी स्वागत गरियो अङ्ग्रेजी नयाँ वर्ष २०२५ लाई

काठमाडौँ– अङ्ग्रेजी नयाँ वर्षलाई संसारभर उल्लासका साथ मनाइएको छ । अमेरिका, बेलायत लगायत विश्वका कैयन् देशमा नयाँ वर्ष इभ मनाइएको छ ।

बेलायत तथा अन्य धेरै युरोपेली देशमा वर्षको पहिलो दिनको पहिलो बिहानीमा नै मौसम खराब छ। त्यसका बाबजुद हर्षोल्लासका साथ नयाँ वर्ष मनाइएका छन्।

संसारमा विकसित देशका मुख्य सहरहरू अहिले रङ्गाएका छन्। संयुक्त अरब इमिरेट्सको दुबई र अबुधाबी, बेलायत, रोम र बर्लिन पुरै रङ्गिएका छन्।

नयाँ वर्षको स्वागतका लागि बिबिसीले गायिका सोफिया एलेक्सि बेस्टरको स्वरमा कार्यक्रम आयोजना गरेको छ। म्याड्रिड ,रोम र पेरिस र आमस्ड्रममा ठुला घडी सजाइएर नयाँ वर्षलाई स्वागत गरिएका छन्।

विगतको भन्दा एकदमै फरक शैलीले नयाँ वर्षको स्वागत भने सिरियालीले गरे। राजधानी दमासकसको चोकका हजारौँ जना उपस्थित हुँदै खुसीयालीका साथ नयाँ वर्ष २०२५ को स्वागत गरेका हुन्।

हेर्नुस् तस्वीरहरू:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?