जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म

आपसी सहमतिमा मिलाइयो फिल्म ‘एक्टर’ र ‘एक्टर: टेक वान’ बीचको विवाद

काठमाडौँ– नाम जुधेको विषयलाई लिएर अदालतसम्म पुगेको फिल्म ‘एक्टर’ र ‘एक्टरः टेक वान’ बीचको विवाद मिलेको छ । योसँगै फिल्म ‘एक्टरः टेक वान’ को प्रदर्शनका लागि बाटो खुलेको छ ।

यसअघि ‘एक्टर’ निर्माण टिमले आफ्नो नामसँग मिल्दो नाम राखेको भन्दै जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो । अदालतले तत्कालका लागि फिल्म प्रदर्शन नगर्न आदेश दिँदै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

रिलिजको मुखमा फिल्म ‘एक्टरः टेक वान’ लाई आर्थिक सामाजिक, सामाजिक र मानसिक रुपमा घाटा हुने भन्दै फिल्मकर्मीले दुवै पक्षलाई मिलेर जान अनुरोध गरेका थिए ।

विहीबार नेपाली डायस्पोरा ईन्टरटेनमेन्टस प्रालिका सम्राट थापा,अदृत फिल्मस् प्रालिका थमनकुमार भण्डारी र मोती फिल्म प्रालिका मोती कार्कीले एक विज्ञप्ति जारी गर्दै सहमति भएको जनाइएको छ ।

यो सँगै उस्तै नाम गरेका फिल्म चलचित्र विकास बोर्डले दर्ता गर्ने कि नगर्ने भन्ने प्रश्न उठेको छ । फिल्मकर्मीले उस्तै नाम गरेका फिल्म विकास बोर्डले दर्ता गरेर कानूनी झमेला गरेको भन्दै फिल्मकर्मीले विरोध जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?