जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्मभन्दा राजनीति कठोर : महिनावारी स्वच्छता समस्यामा खुलिन् कंगना रनौत

काठमाडौँ – बलिउड अभिनेत्री तथा हिमाचल प्रदेशको मन्डी क्षेत्रबाट निर्वाचित भाजपा सांसद कंगना रनौतले सांसदको जीवनसँगै आउने कठिनाइबारे खुलेर अभिव्यक्ति दिएकी छिन्।

निडर विचारका लागि चिनिने उनले लामो यात्रा र राजनीतिक कार्यक्रमका क्रममा महिलाहरूले महिनावारी स्वच्छता व्यवस्थापनमा ठूलो समस्या भोग्ने गरेको बताएकी हुन्।

हटरफ्लाइको द मेल फेमिनिस्टसँगको अन्तर्वार्तामा उनले भनिन्, “सु्टिङमा त सबै सुविधा हुन्छन्। भ्यान, नुहाउने व्यवस्था, तातो पानी र जब चाह्यो प्याड परिवर्तन गर्न सकिन्छ। तर राजनीतिक यात्रामा हामी दिनमा १२ घण्टा भन्दा बढी बाटोमा हुन्छौं। महिलाहरूका लागि शौचालय सुविधा नै हुँदैन। यो केवल मेरो मात्र होइन, अन्य महिला सांसदहरूको पनि समस्या हो। यो एउटा ठूलो विपत्ति हो, यसलाई व्यवस्थापन गर्नै गाह्रो छ।”

२००६ मा फिल्म ग्याङ्स्टर बाट अभिनय करियर सुरु गरेकी कंगनाले फेसन (२००८) बाट पहिलो राष्ट्रिय फिल्म पुरस्कार जितिन्। क्वीन (२०१४) र तनु वेड्स मनु रिटर्न्स (२०१५) ले उनको करियरलाई उचाइमा पुर्‍यायो। उनी पछिल्लो पटक इमर्जेन्सी फिल्ममा देखिएकी थिइन्।

२०२४ मा राजनीतिमा प्रवेश गरेकी कंगना भाजपामा सामेल भइन् र सोही वर्ष मन्डी क्षेत्रबाट सांसद निर्वाचित भइन्। आफ्नो स्पष्ट र चर्को अभिव्यक्तिका कारण निरन्तर चर्चामा रहने उनी पछिल्लो पटक महिनावारी स्वच्छतासम्बन्धी समस्याबारे बोलेर फेरि चर्चामा आएकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?